मापसेमा परेका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाइयो
मापसे गर्दै सवारी नियम अनुसार कारबाही चलाइएका चालकहरूलाई बुधबारदेखि ट्राफिक स्वयंसेवकमा खटाउन शुरुवात गरिएको हो।
काठमाडौं, जेठ १६ : मादक पदार्थ सेवन (मापसे) गरी सवारी नियम उल्लंघन गर्नेहरूलाई काठमाडौंका विभिन्न चोकमा सहयोगीका रुपमा खटाएको छ।
मापसे गर्दै सवारी नियम अनुसार कारबाही चलाइएका चालकहरूलाई बुधबारदेखि ट्राफिक स्वयंसेवकमा खटाउन शुरुवात गरिएको हो।
मापसे गरेका चालकहरुले सिंहदरबार, माइतीघर, थापाथली चोकलगायतका स्थानमा पुगेर सवारी व्यवस्थापनमा सहयोग गर्न थालेका हुन्।
महिला ट्राफिक प्रहरीहरूलाई महिनावारीका क्रममा आराम दिँदै विकल्पमा मापसेमा कारवाहीमा परेका सवारी चालकहरूलाई सेवामा खटाउन थालिएको छ।
प्रकाशित मिति: १४:४९ बजे, बुधबार, जेठ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार