सर्वोच्चको परमादेश अनुरुप पाण्डेलाई मुख्यमन्त्रीको सपथको तयारी
प्रदेश प्रमुखले आजै पाण्डेलाई मुख्यमनत्रीको सपथ खुवाउने तयारी गरेको जनाइएको छ।
पोखरा, जेठ १६ : सर्वोच्च अदालतको परमादेश अनुरुपको पत्र गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पुगेपछि प्रदेश सभा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई सपथ खुवाउने तयारी भइरहेको छ।
सर्वोच्चको पत्र प्रदेश प्रमुख कार्यालयमा दर्ता भैसकेको छ । सर्वोच्च अदालतले इमेलमार्फत् पत्र पठाएको थियो। प्रदेश प्रमुखले आजै पाण्डेलाई मुख्यमनत्रीको सपथ खुवाउने तयारी गरेको जनाइएको छ।
सर्वोच्च अदालतले सोमबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
प्रकाशित मिति: १३:२७ बजे, बुधबार, जेठ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार