सामसुङका हजारौं कामदार हड्तालमा
कामदारहरुले वार्ता असफल भएको विरोधमा पहिलो पटक वाकआउट चिन्ह लगाउने भएका छन् । आजबाट उनीहरु सार्वजनिक प्रदर्शनीमा उत्रिएका छन्।सिउल, जेठ १६ : विश्वचर्चित इलेक्ट्रोनिक्स सामान उत्पदान कम्पनी सामसुङका कामदार हड्तालमा उत्रिएका छन्।
तलब सम्बन्धी व्यवस्थापनसँगको वार्तामा रोक लगाएपछि आक्रोशित हुँदै दक्षिण कोरियामा रहेकोसामसुङ इलेक्ट्रोनिक्सका कामदारहरू त्यसविरुद्ध हड्तालमा उत्रिएका हुन्।
तलव सुविधा सम्बन्धी लामो समयदेखि चलिरहेको विवादमा सामसुङ इलेक्ट्रोनिक्स व्यवस्थापन र कम्पनीको कर्मचारी युनियनले जनवरीदेखि नियमित वार्ता गर्दै आएका छन्। वार्तामा सहमति हुननसक्दा उनीहरूबीचको मतभेदलाई कम गर्न दुवै पक्ष असफल भएका छन्।
कामदारहरुले वार्ता असफल भएको विरोधमा पहिलो पटक वाकआउट चिन्ह लगाउने भएका छन् । आजबाट उनीहरु सार्वजनिक प्रदर्शनीमा उत्रिएका छन्।
‘व्यवस्थापनले मजदुरलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण हडताल घोषणा गर्छौं,’ मजदुर युनियनले भनेको छ ।
विश्वका ७४ देशमा व्यापार विस्तार गरेको सामसुङमा २ लाख ७० हजार कामदारले रोजगारी पाएका छन्।