नेपाल र युएईबीचको खेल साउदीमा हुने
पिचको कन्डिसन, फ्लड लाइटको अवस्थामा र सुरक्षाको विषयमा प्रश्न उठाउँदै एएफसीले खेल सारेको हो।काठमाडाैं, जेठ १६ : फिफा विश्वकपको छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने भएको छ।
यो खेल नेपालले दशरथ रंगशालाम खेल्ने तय थियो। तर, मैदानको अवस्था खराब भएपछि एएफसीले खेल दशरथ रंगशालामा गराउन नसक्ने जनाएको थियो। पिचको कन्डिसन, फ्लड लाइटको अवस्थामा र सुरक्षाको विषयमा प्रश्न उठाउँदै एएफसीले खेल सारेको हो।
खेल आगामी जेठ २४ गते हुनेछ। खेल साउदीको दम्ममानस्थित प्रिन्स मोहम्मद फाहद स्टेडियममा राति ९ः४५ बजे खेल सुरु हुन अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
यसअघि पनि नेपालले मैदान खेल्न योग्य नहुँदा बहराइनसँगको खेल उसकै मैदानमा खेलेको थियो।
युएईविरुद्धको खेलका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा छ।
प्रकाशित मिति: ११:१३ बजे, बुधबार, जेठ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालेनले हुलाक र इमेलबाट पठाए एमालेलाई जरिबानाको पत्र सोमबार, मंसिर १०, २०८१
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठकसोमबार, मंसिर १०, २०८१
बीआरआईमा ऋण होइन, अनुदान लिने हो : देउवासोमबार, मंसिर १०, २०८१
मन्त्री सिंहले गरे नेपाल–कोरियामैत्री अस्पतालको भवन शिलान्याससोमबार, मंसिर १०, २०८१