Kathmandu Press

भारतमा अलपत्र परेका नेपालीको उद्धार गर्न देउवाको माग  

काठमाडौं, चैत १८ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्न माग गरेका छन्। मंगलबार विज्ञप्ती जारी गर्दै उ....

भारतमा अलपत्र परेका नेपालीको उद्धार गर्न देउवाको माग  

काठमाडौं, चैत १८ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्न माग गरेका छन्। मंगलबार विज्ञप्ती जारी गर्दै उनले भारतका विभिन्न राज्यमा अड्किएका नेपालीहरुको उद्धार गर्न सरकारले कुटनीति पहल गर्नुपर्ने बताएका हुन्।

 ‘नेपालमा रहेका आफ्ना नागरिकलाई कयौं देशले चार्टर विमानद्वारा उद्धार गरी स्वदेश लगिरहेका छन्। विभिन्न देशबाट आफ्नो राज्य फर्कन चाहनेहरुका हकमा तथा अध्ययन, श्रम र तीर्थ यात्राका क्रममा भारतका विभिन्न राज्यमा अड्किएका नेपालीहरुको उद्धार गर्न सरकारले जरुरी कुटनीतिक पहल गर्न अत्यावश्यक छ,’ देउवाले भनेका छन्, ‘उद्धार पूर्वको अवस्थामा आवश्यक गाँसवासको व्यवस्थापनका लागि दुतावासमार्फत स्थानीयरुपमा पहल गर्न सरकारलाई आग्रह गर्दछु।’

यस्तै देउवाले भारतका विभिन्न ठाँउमा रहेका नेपाली महालकाली पारी सयौंको संख्यामा आइपुगेर दार्चुला प्रवेश गर्न चहाँदा उत्पन्न जटिलताको व्यवहारीक हल खोज्नसमेत माग गरेका छन्। सरकारलाई ११ बुँदे ध्यानाकर्षण गराएका उनले यूएईले रोजगारदाता कम्पनीहरुलाई आफ्ना श्रमिक कटौती गर्न वा बेतलबी बिदामा राख्न पाइने गरी प्रक्रिया सुरु गरेको विषयमा ध्यानाकर्षण भएको भन्दै त्यसले नेपाली श्रमिकलाई पर्न सक्ने असर र जटिलताप्रती सरकारको सजगता अपनाउनुपर्ने बताएका छन्। उनले साना व्यवसायीको हकमा तीन महिनासम्मको व्याज मिनाह गर्न सरकारसँग माग गरेका छन्। 


हेर्नुहोस् विज्ञप्ती

 

प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, चैत १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्