Kathmandu Press

जाजरकोट भूकम्पपछिको पुनर्निर्माणलाई सरकारले छुट्यायो २१ अर्ब

‘सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी तथा सार्वजनिक भवन लगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गरिनेछ,’ उनले भने, ‘भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड विनियोजन गरेको छु।’
जाजरकोट भूकम्पपछिको पुनर्निर्माणलाई सरकारले छुट्यायो २१ अर्ब
फाइल तस्बिर।
Hardik ivf

काठमाडौं, जेठ १५ : सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट पुगेको भौतिक संरचना निर्माण का लागि २१ अर्ब ६० करोड रकम विनियोजन गरेको छ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण गरेर पुनर्निर्माणलाई तीव्रता दिइने बताए।

‘सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी तथा सार्वजनिक भवन लगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गरिनेछ,’ उनले भने, ‘भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड विनियोजन गरेको छु।’

प्रकाशित मिति: १९:०० बजे, मंगलबार, जेठ १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्