गठन भयो संसदीय छानविन समिति, को-को छन् समितिमा?
समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्य थापा र सरिता भुषाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन्।
काठमाडौं, जेठ १५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग बमोजिम सहकारीको रकम हिनामिनाको छानविन गर्न संसदीय समिति गठन भएको छ।
मंगलबार दलहरुबीच भएको सहमति अनुसार एमाले सांसद सूर्य थापाको नेतृत्वमा ७ सदस्यीय समिति गठन भएको हो।
मंगलबार साँझ बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय विशेष समिति गठन भएको जानकारी दिए।
समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्य थापा र सरिता भुषाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन्।
समितिको कार्यावधि ३ महिना रहेको छ।
प्रकाशित मिति: १८:५१ बजे, मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार