गायिका कनिका कपूरको पाँचौ रिपोट पनि पोजेटिभ
काठमाडौं, चैत १८ : काेराेना भाइरसकाे संक्रमण देखिएकी बलिउड गायिका कनिका कपूरको पाँँचौ रिपोट पनि पोजेटिभ देखिएको छ।
मंगलबार पाँचौ रिपोट आउँदा....

काठमाडौं, चैत १८ : काेराेना भाइरसकाे संक्रमण देखिएकी बलिउड गायिका कनिका कपूरको पाँँचौ रिपोट पनि पोजेटिभ देखिएको छ।
मंगलबार पाँचौ रिपोट आउँदासम्म उनको स्वास्थ्यमा कुनै सुधार नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको परिवारका सदस्यसमेत चिन्तित बनेका छन्।
उपचारको क्रममा उनले आफूलाई अस्पतालमा राम्ररी हेरचाह नभएको पनि गुनासो गरेको थिइन्। उनको स्वास्थ्यबारे सबैलाई चासो राखिरहेको वेला चिकित्सकहरुले भने स्वाथ्य स्थिर रहेको बताएका छन्।
लखनउको सञ्जय गान्धी पीजीआई अस्पतालमा उनको उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा.आरके धिमानले कनिकाको स्वास्थ्य स्थिर र सुधारोन्मुख रहेको बताएका छन्। उनले मिडियामा कनिकाको स्वास्थ्य अवस्था गम्भीर भन्ने कुरा साँचो नभएको बताएका छन्।
यसैबीच उनले इन्स्टाग्राममा लेख्दै सहज तरिकाले अहिले खाना खाइरहेको बताएकी छिन्। उनले आफ्नो परिवार र बच्चाहरुको याद आइरहेको बताएकी छिन्। उनले सबै शुभचिन्तक धन्यवाद दिदै सुरक्षित रहन आग्रह गरेकी छन्।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

