Kathmandu Press

स्वास्थ्यमा बजेट सवा २ अर्बले बढ्यो, जटिल बिरामीलाई मासिक ५ हजार

प्रजनन स्वास्थ्यसम्बन्धी सामग्री निःशुल्क बनाउन १ अर्ब ४३ करोड छुट्याइएको छ। आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमको लागि ३ अर्ब ६ करोड रकम विनियोजन गरिएको छ।
स्वास्थ्यमा बजेट सवा २ अर्बले बढ्यो, जटिल बिरामीलाई मासिक ५ हजार

काठमाडौं, जेठ १५ : आगामी वर्ष २०८१÷०८२ को बजेटमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका लागि ८६ अर्ब २४ करोड रकम विनियोजन गरेको छ।
बजेट स्वास्थ्य क्षेत्रका लागि चालू आर्थिक वर्षको भन्दा २ अर्ब २३ करोड बढी रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा पूर्व अर्थमन्त्री डा.प्रकासशरण महतले ८३ अर्ब ९९ करोड विनियोजन गरेका थिए।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त बजेट छुट्याउँदै स्वास्थ्य क्षेत्रका लागि विभिन्न कार्यक्रम घोषणा गरेका छन् । बजेटमार्फत आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइने भनिएको छ।

Hardik ivf

निर्माणाधीन अस्पतालको लागि १५ अर्ब ४१ करोड विनियोजन गरिएको छ। आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न हरेक वडामा एक आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिने उल्लेख छ।

विपन्न नागरिकलाई मुटुरोग, क्यान्सर, मिर्गौला प्रत्यारोपण, अल्जाइमर, पार्किन्सन्स, स्पाइनल र हेड इन्जुरी, सिकलसेल उपचार सहुलियतका लागि प्रतिव्यक्ति १ लाख बराबरको रकम प्रदान गर्न ३ अर्ब विनियोजन गरिएको छ।

यसअघिको बजेटमा झैं यस बर्ष पनि ९८ प्रकारका औषधी खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिएको छ।

प्रजनन स्वास्थ्यसम्बन्धी सामग्री निःशुल्क बनाउन १ अर्ब ४३ करोड छुट्याइएको छ। आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमको लागि ३ अर्ब ६ करोड रकम विनियोजन गरिएको छ।

संघीय अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालन गरी ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख छ। बजेटमा क्यान्सर, मेरुदण्ड पक्षघात, मिर्गौला प्रत्यारोपण र डायलाइसिस सेवा लिइरहेका बिरामीलाई उपचार खर्चवापत दिँदै आएको प्रतिव्यक्ति मासिक ५ हजार रूपैयाँ खातामा जम्मा हुने व्यवस्था गरिएको छ । यस्का लागि लागि दुई अर्ब विनियोजन गरिएको छ।

प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, जेठ १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्