Kathmandu Press

बजेटमा कुनै सुधारका कार्यक्रम छैनन्, आर्थिक बेथितीलाई रोक्न सक्दैन : कांग्रेस

‘दशक लामो नै सुधार गर्ने भन्नु भएको छ। तर त्यो सुधार्ने कार्यक्रम छैन। बजेट कनिका छर्ने प्रबृत्तिको छ । यसले गर्दा ठूला आयोजना सम्पन्न हुने कुरामा शंका छ,’ डा.महतले भने।
बजेटमा कुनै सुधारका कार्यक्रम छैनन्, आर्थिक बेथितीलाई रोक्न सक्दैन : कांग्रेस

काठमाडौं, जेठ १५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा कुनै सुधारका कार्यक्रम नरहेको बताएका छन् । बजेटले आर्थिक बेथितीलाई रोक्न नसक्ने पनि बताए।

अर्थमन्त्री वर्षमान पुनले संसदमा बजेट बक्तव्य प्रश्तुत गरेपछि सञ्चारमाध्यमहरूलाई प्रतिक्रिया दिँदै महतले उक्त भनाई राखेका हुन्। उनले ठूलो आकारको बजेट बनाउने कुरामा ‘ब्रेक’ लागे पनि बजेट वास्तविकता भन्दा माथि रहेको पनि बताए।

Hardik ivf

‘दशक लामो नै सुधार गर्ने भन्नु भएको छ। तर त्यो सुधार्ने कार्यक्रम छैन। बजेट कनिका छर्ने प्रबृत्तिको छ । यसले गर्दा ठूला आयोजना सम्पन्न हुने कुरामा शंका छ,’ डा.महतले भने।

पूर्वअर्थमन्त्री महतले बजेटमा सुधारको बाटोमा जाने भनिए पनि सुधार कहाँ गर्ने भनेर देखाउन नसकेको बता । बजेटमा स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाउने कुरा ठिक नभएको पनि बताए।

‘त्यसरी हटाउँदा आन्तरिक व्यापारीलाई कुनै सहयोग हुँदैन,’ महतले भने, ‘व्यापारीहरूको सेटिङको प्रभावमा त्यसलाई मद्दत हुनेगरी भ्याट हटाइएको छ।’ महतले विनियोजनमा प्राथमिकताको कुरा पनि नभएको भनाई राखे।

‘धेरै विषयवस्तु छुने कोसिस गरिएको छ, परिणाम आउने देखेको छै । बजेटरी अनुसासनलाई अवरुद्ध पार्नु भएको छ,’ उनले भने, ‘यो बजेटले जे बोलेको छ, त्यो पुरा हुन्न । बजेटमा देखिएको बेथितीको कार्ययोजना अघि बढाउने देखिन्न।’

प्रकाशित मिति: १७:५० बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्