Kathmandu Press

अहिलेसम्मकै ठूलो आकारको बजेट [पूर्णपाठ]

बजेट प्रस्तुत गर्दै पुनले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत बजेट विनियोजन गरेको बताए।
अहिलेसम्मकै ठूलो आकारको बजेट [पूर्णपाठ]

काठमाडौं, जेठ १५ : संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको छ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका हुन्।

आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट प्रस्तुत गरिएको छ। हालसम्मकै ठूलो आकारको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, कृषि र राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिइएको छ।

Hardik ivf

बजेट प्रस्तुत गर्दै पुनले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत बजेट विनियोजन गरेको बताए।

त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत बजेट छुट्याईएको छ।

आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुने पुनले बताए।

त्यसको परिपूर्ति वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड जुटाइने अर्थमन्त्रीको भनाई छ।

यस्ताे छ बजेटकाे पूर्णपाठ

प्रकाशित मिति: १७:४३ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्