१ अर्बको नेपाल स्टार्टअप कोष
पुनले मंगलबार स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्नका लागि १ अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने बताएका छन्।-1716893467.jpg)
काठमाडौं, जेठ १५ : एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने भएकाे छ।
आगामी आर्थिक वर्ष २०८१र८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले मंगलबार स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्नका लागि १ अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने बताएका छन्।
अर्थमनत्री बर्षमान पुनले युवाको उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्ने भन्दै प्रत्येक प्रदेशमा ‘बिजनेस इन्कोभेसन सेन्टर’ सञ्चालन गर्ने घोषणा समेत बताएका छन्।
बजेटमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिने उल्लेख छ।
प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












