एक हजार कक्षा कोठा निर्माण गर्न २ अर्ब ५० करोड विनियोजन
अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत अपाङ्गमैत्री, सुरक्षित एक हजार कोठाको लागि उक्त बजेट विनियोजन भएको बताएका छन्।
काठमाडौं, जेठ १५ : बजेटमा आगामी आर्थिक वर्षको बजेटमा विद्यालयको एक हजार कोठा निर्माण गर्न २ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ।
अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत अपाङ्गमैत्री, सुरक्षित एक हजार कोठाको लागि उक्त बजेट विनियोजन भएको बताएका छन्।
यसअघिका अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको चालु आवको बजेटमा विद्यालय भवनको भूकम्पपछिको पुनर्निर्माणका बाँकी कार्य आगामी वर्ष सम्पन्न गरिने बताएका थिए।
प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार