पीपीईबिना उपचारमा खटिएका स्वास्थ्यकर्मीको पनि गरिँदै कोरोना परीक्षण
धनगढी, चैत १८ : सेती प्रादेशिक अस्पतालबाट स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षणका लागि स्वाब पठाइएको छ।
दुबईबाट आएका धनगढीका एक युवकमा कोरोना ....

धनगढी, चैत १८ : सेती प्रादेशिक अस्पतालबाट स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षणका लागि स्वाब पठाइएको छ।
दुबईबाट आएका धनगढीका एक युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
तर, संक्रमणको रिपोट आउन अघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग आवश्यक स्वास्थ्य सामग्री (पीपीई) थिएन्। त्यसैले उनीहरुमा पनि कोरोनाको संक्रमण हुनसक्ने आशंका गरेर परीक्षण गर्न लागिएको हो।
सेती प्रादेशिक अस्पतालले तीन जना स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि पठाएको छ। उनीहरुको रिपोर्ट आउन बाँकी छ।
अस्पतालले जारी गरेको सूचनामा अहिलेसम्म २३ जना भर्ना भएको जनाएको छ। जसमा सबैको स्वाब परीक्षणका लागि पठाएको थियो। त्यसमध्ये एक जनामा संक्रमण देखिएको र १७ जनामा संक्रमण नदेखिएको जनाएको छ। संक्रमण नदेखिएका सबै उपचार गरेर फर्किसकेका छन्।
अब आठ जनाको रिपोट आउन बाँकी छ। जसमा तीन जना स्वास्थ्यकर्मी पनि रहेका छन्। संक्रमण देखिएका एक युवकको भने उपचार भइरहेको छ।











