Kathmandu Press

मेलम्ची खानेपानी आयोजनालाई ५० करोड बजेट

अर्थमन्त्री वर्षमान पुनले नयाँ बजेट प्रस्तुत गर्दै मेलम्ची खानेपानी आयोजनालाई थप ५० करोड विनियोजन गरिएका बताए।
मेलम्ची खानेपानी आयोजनालाई ५० करोड बजेट

काठमाडौं, जेठ १५ : सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ थप बजेट छुट्याएको छ।

अर्थमन्त्री वर्षमान पुनले नयाँ बजेट प्रस्तुत गर्दै मेलम्ची खानेपानी आयोजनालाई थप ५० करोड विनियोजन गरिएका बताए।

Hardik ivf

यस्तै, उनले सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने र काठमाडौं उपत्यकामा थप ६४५ किलोमिटर पाइप विच्छ्याउने जानकारी दिए।

सरकारले सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पु¥याइने घोषणा गरेको छ।

 

प्रकाशित मिति: १७:२२ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्