Kathmandu Press

खानेपानी मन्त्रालयको बजेटमा दुई अर्ब कटौती

सरकारले आगामी आर्थिक वर्षका लागि प्रश्तुत गरेको बजेटमा खानेपानी मन्त्रालयको लागि झण्डै २ अर्बले बजेट कटौती गरिएको हो।
खानेपानी मन्त्रालयको बजेटमा दुई अर्ब कटौती

काठमाडौं, जेठ १५ : बजेटमा खानेपानी मन्त्रालयको लागि छुट्याइने बजेटमा झण्डै दुई अर्ब कटौती भएको छ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रश्तुत गरेको बजेटमा खानेपानी मन्त्रालयको लागि झण्डै २ अर्बले बजेट कटौती गरिएको हो।

Hardik ivf

अर्थमन्त्री बर्षमान मन्त्री पुनले आगामी आर्थिक वर्षमा कार्यान्वयन हुनेगरी खानेपानी मन्त्रालयका लागि २६ अर्ब ४३ करोड बजेट विनियोजन गरेका छन्।

चालु आर्थिक वर्षमा सो मन्त्रालयका लागि तत्कालिन अर्थमन्त्री डा. प्रकासशरण महतले २८ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेका थिए।

प्रकाशित मिति: १७:०४ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्