Kathmandu Press

प्रधानमन्त्री पत्नी सीताका नाउँमा कलेज बनाउन बजेट

स्वर्गीय पत्नी सीता दाहालको नाउँमा ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज बनाउने भएको छ।
प्रधानमन्त्री पत्नी सीताका नाउँमा कलेज बनाउन बजेट

काठमाडौं, जेठ १५ : सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वर्गीय पत्नी सीता दाहालको नाउँमा ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज बनाउने भएको छ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नयाँ वर्षको बजेटमा प्रधानमन्त्री पत्नी दाहालको नाउँमा काठमाडौंमा कलेज बनाउन बजेट छुट्याएको बताए।

Hardik ivf

‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु,’ उनले भने,

तर, बजेटमा कति रकमको व्यवस्था गरेको भन्ने कुरा अर्थमन्त्री पुनले उल्लेख गरेका छै्रनन्।

 

प्रकाशित मिति: १६:५९ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्