Kathmandu Press

प्रदेश र स्थानीय तहका लागि पाँच खर्ब ६७ अर्ब विनियोजन

प्रदेश र स्थानीय तहका लागि पाँच खर्ब ६७ अर्ब विनियोजन

काठमाडौं, जेठ १५ः संघीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष २०८१÷८२ मा प्रदेश र स्थानीय तहका लागि पाँच खर्ब ६७ अर्ब रुपैयाँ बराबर हस्तान्तरण हुने अनुमान गरिएको छ।

अर्थमन्त्री वर्षमान पुनले आज संसदमा प्रस्तुत गरेको बजेटअनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदानतर्फ संघीय सरकारले प्रदेशका लागि ६० अर्ब तथा स्थानीय तहका लागि ८८ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

Hardik ivf

सशर्त अनुदान प्रदेशका लागि २५ अर्ब ८४ करोड र स्थानीय तहका लागि दुई खर्ब आठ अर्ब ८८ करोड गरी जम्मा दुई खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ बराबर हस्तान्तरणका लागि विनियोजन गरिएको छ।

समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब २० करोड र स्थानीय तहलाई सात अर्ब रुपैयाँ विनियोजन गरिएको छ। साथै, विशेष अनुदानतर्फ प्रदेशका लागि चार अर्ब ४० करोड र स्थानीय तहका लागि आठ अर्ब ५० करोड रुपैयाँ बराबर विनियोजन गरिएको छ।

सशर्त, समपूरक र विशेष अनुदानलाई कार्यसम्पादनका आधारमा हस्तान्तरण गरिने व्यवस्था मिलाइने अर्थमन्त्री पुनले जानकारी दिए। प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँटतर्फ एक खर्ब ५९ अर्ब बराबर हस्तान्तरण हुने सरकारको अनुमान छ।

प्रकाशित मिति: १६:२८ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्