Kathmandu Press

लकडाउनमा मुकुण्डो लगाएर नाचे राजेश हमाल

काठमाडौं, चैत १८: कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनले सबै क्षेत्र प्रभावित भएको छ। कला क्षेत्रलाई पनि लकडाउनले प्रभावित गरेको छ।<....

लकडाउनमा मुकुण्डो लगाएर नाचे राजेश हमाल

काठमाडौं, चैत १८: कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनले सबै क्षेत्र प्रभावित भएको छ। कला क्षेत्रलाई पनि लकडाउनले प्रभावित गरेको छ।

घरमा रहेका कलाकार भने सामाजिक सञ्जालबाट मनोरञ्जन दिइरहेका छन्। यस्तैमा अभिनेता राजेश हमालले फेसबुकमा भिडियो पोस्ट गरेका छन्। उनले सबैलाई घरभित्रै बस्न सुझाएका छन्।

Hardik ivf

मुकुण्डो लगाएर नाचेको भिडियोलाई उनले पोस्ट गर्दै लेखेका छन्, ‘तिमी मेरो हिरोइन म तिम्रो राजेश हमाल।’ गीत गुनगुनाएका हमालसँगै उनकी पत्नी मधु भट्टराई नाचेकी छन्।

अहिले कोरोनाको जोखिमबाट बच्न घर बस्नु नै उपयुक्त विकल्प रहेको उनले जिकिर गरेका छन्। यस अघि उनले अमेरिकी गायक जस्टिन टिम्बरलेकको चर्चित गीत ‘पाइप हन्ड्रेड माइल्स’ बोलको गीत पनि गाएर फेसबुकमा सेयर गरेका थिए।

लकडाउनयता उनी हरेक दिन भिडियो सेयर गर्दै आएका छन्।

 

प्रकाशित मिति: १५:४२ बजे, मंगलबार, चैत १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्