Kathmandu Press

सरकारले सामाजिक सञ्जालका विज्ञापन नियमन गर्ने

सरकारले सामाजिक सञ्जालका विज्ञापन नियमन गर्ने

budget-bhasan-2080-81-1716892108.jpgकाठमाडौं, जेठ १५ः सरकारले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा आउने विज्ञापनहरु नियमन गर्ने भएको छ। 
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले इन्टरनेटको प्रयोगलाई मर्यादित बनाउन यस्तो योजना बनाएको बताएका छन्।

उनले डिजिटल प्लेटफर्ममार्फत गरिने विज्ञापन नियमन गरिने र विज्ञापन क्षेत्रलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गरिने बताए।

यस्तै सञ्चारमाध्यमलाई उपलब्ध गराइने लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिइएको पनि उनले बताए।

प्रकाशित मिति: १६:१३ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्