Kathmandu Press

विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दैै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन्।
विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

काठमाडौं, जेठ १५ : आगामी आर्थिक वर्षको बजेटमा विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ।

आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दैै अर्थमन्त्री वर्षमान पुनले धनुषाको जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने घोषणा गरे।

Hardik ivf

राजर्षी जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हरेक मार्ग शुक्लपक्ष पञ्चमी तिथिमा रामजानकी विवाहपञ्चमी मेला लाग्छ।

आश्विन पूर्णिमाका दिन अयोध्याका नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री रामजानकीको शुभविवाह भएको प्रसङ्ग प्राचीन ग्रन्थहरुमा पाइन्छ।

बजेटमा जनकपुरलाई बेडिङ र लुम्बिनीलाई बर्थिङ हवका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको उल्लेख छ। गत आर्थिक वर्षमा सो शिर्षकको कार्यक्रमका लागि ३ अर्ब २२ करोड विनियोजन गरिएको थियो।

 

प्रकाशित मिति: १६:१२ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्