Kathmandu Press

कृषि क्षेत्रको बजेटमा डेढ अर्ब भन्दा बढी कटौती

बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ। गत आर्थिक वर्ष उक्त शीर्षकको कार्यक्रमका लागि ३ अर्ब २२ करोड विनियोजन गरेको थियो।
कृषि क्षेत्रको बजेटमा डेढ अर्ब भन्दा बढी कटौती

काठमाडौं, जेठ १५ : आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट चालु आर्थिक वर्षको तुलनामा डेढ अर्ब बढीले कटौती गरिएको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि कृषि क्षेत्रमा ५७ अर्ब २९ करोड विनियोजन गरेका हुन्। चालु आवमा कृषि क्षेत्रका लागि सरकारले ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएको थियो।

Hardik ivf

यस्तै, बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ। गत आर्थिक वर्ष उक्त शीर्षकको कार्यक्रमका लागि ३ अर्ब २२ करोड विनियोजन गरेको थियो।

सरकारले आगामी वर्षदेखि कृषि उपजको धितोमा सहज रूपमा कार्जा उपलब्ध गराउने भएको छ। निर्यात गरिने कृषि उपजको प्रमाणिकरण शुल्कमा सहजीकरण गरिने पनि उनले बताए।

प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्