Kathmandu Press

आईटी क्षेत्रबाट १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य

आईटी क्षेत्रबाट १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य
Hardik ivf

काठमाडौं, जेठ १५ः अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत् सूचना प्रविधि क्षेत्रमा १० वर्षमा पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्दै ३० खर्बको निर्यात गर्ने लक्ष्य राखिएको बताए।

सरकारले आगामी आर्थिक वर्षलाई ‘सूचना प्रविधि दशक’को सुरुवाती वर्ष मानेको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले सो योजना सार्वजनिक गरेका हुन्।

आईटी क्षेत्रलाई अर्थतन्त्रको संवाहकका रूपमा मानिने र यस क्षेत्रमा नीतिगत स्थायित्व, इन्टरनेट, डाटादेखि वौद्धिक सम्पत्ति संरक्षण प्रदान गरिने पनि उनले बताए।

प्रकाशित मिति: १५:५६ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्