Kathmandu Press

९७ प्रतिशत जनसंख्या खानेपानीको पहुँचमा, पाँच करोड डोज खोप उत्पादन गर्ने

मंगलबार संघीय संसद्को बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले उक्त भनाई राखेका हुन्। पुनले शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा ९८ रहेकोमा हाल २१ मा झरेको समेत बताए।
९७ प्रतिशत जनसंख्या खानेपानीको पहुँचमा, पाँच करोड डोज खोप उत्पादन गर्ने

काठमाडौं, जेठ १५ : आर्थिक वर्ष २०८१–०८२ को बजेट पेस गर्दै अर्थमन्त्री बर्षमान पुनले ९७ प्रतिशत जनसंख्या खानेपानीको पहुँचमा पुगेको बताएका छन्।

मंगलबार संघीय संसद्को बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले उक्त भनाई राखेका हुन्। पुनले शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा ९८ रहेकोमा हाल २१ मा झरेको समेत बताए।

Hardik ivf

सरकारले पशुपन्छीमा लाग्ने रोग र त्यसबाट उत्पन्न हुने महामारी रोग नियन्त्रणका लागि आगामी वर्ष ५ करोड डोज खोप उत्पादन गर्ने बताएको छ।

उनले आगामी तीन वर्षभित्र पीपीआर र क्लासिकल स्वाइन फिभर रोग उन्मुलन गर्ने गरी निःशुल्क खोप अभियान सञ्चालन गर्ने जनाए। खोरेत रोग नियन्त्रण गर्न सघन खोप कार्यक्रम सञ्चालन गर्ने उनले उल्लेख गरे।

साथै, अर्थमन्त्री पुनले खोप उत्पादन र सेवा सञ्चालन गर्न ४० करोड व्यवस्था गरेको बताए।

प्रकाशित मिति: १५:५३ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्