Kathmandu Press

चालु आवमा १५ खर्ब ३० अर्ब मात्रै बजेट खर्च हुने

अर्थमन्त्री पुनले चालु वर्षमा चालुतर्फ १० खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ हुने अनुमान गरेका छन्। विनियोजनको ९३.५ प्रतिशत खर्च हुने अनुमान गरिएको बताए।
चालु आवमा १५ खर्ब ३० अर्ब मात्रै बजेट खर्च हुने

काठमाडौं, जेठ १५ : सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै चालु वर्षको असार मासान्तसम्म कुल विनियोजित बजेटमा संशोधन गरिएको बताएका हुन्।

Hardik ivf

कुल विनियोजनको ८७.४ प्रतिशत खर्च हुने संशोधित अनुमान गरिएको छ। अर्थमन्त्री पुनले चालु वर्षमा चालुतर्फ १० खर्ब  ६७ अर्ब ३९ करोड रुपैयाँ हुने अनुमान गरेका छन्। विनियोजनको ९३.५ प्रतिशत खर्च हुने अनुमान गरिएको बताए।

पुँजीगततर्फ दुई खर्ब १५ अर्ब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने विनियोजनको ७१.३ प्रतिशत वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ४७ अर्ब ५५ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान गरिएको छ।

यो विनियोजनको ८०.५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ।

चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो। जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको थियो।

प्रकाशित मिति: १५:५० बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्