Kathmandu Press

अर्थतन्त्रमा अपेक्षित सुधार भएन, कृषिमा लगानी दशक घोषणा

संघीय संसद्को संयुक्त बैठक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ०८१ देखि ०९१ लाई कृषिमा लगानी दशक घोषणा गरिएको बताए।
अर्थतन्त्रमा अपेक्षित सुधार भएन, कृषिमा लगानी दशक घोषणा

काठमाडौं, जेठ १५ : ०८१ देखि ०९१ लाई सरकारले कृषिमा लगानी दशकका रुपमा घोषणा गरेको छ।

संघीय संसद्को संयुक्त बैठक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ०८१ देखि ०९१ लाई कृषिमा लगानी दशक घोषणा गरिएको बताए।

Hardik ivf

यस्तै, अर्थमन्त्री पुनले गणतन्त्रयता अर्थतन्त्रमा अपेक्षित सुधार नभएको बतएका छन्। उनले लामो राजनीतिक संक्रमण, भूकम्प, कोभिड १९ लगायत कारणले अपेक्षित आर्थिक विकास हुन बताए।

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सुधार्न आर्थिक सुधार सुझाव आयोग गठन गरिने बजेटमा उल्लेख गरेका छन्।

वर्षौंदेखि अर्थतन्त्रमा उस्तै प्रकृतिको चुनौती कायम रहेकोले त्यसलाई चिरेर अर्थतन्त्र सुधार्न आयोग गठन गरिने मन्त्री पुनले बताए ।

प्रकाशित मिति: १५:३६ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्