सिरोहियालाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै
स्वास्थ्य स्थिति कमजोर बन्दै गएका कारण उपचारका लागि धनुषाबाट काठमाडौँ ल्याउन लागिएको हो।
काठमाडौं, जेठ १५ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइने भएको छ।
स्वास्थ्य स्थिति कमजोर बन्दै गएका कारण उपचारका लागि धनुषाबाट काठमाडौँ ल्याउन लागिएको हो।
सिरोहियालाई ललितपुरको मेडिसिटी अस्पतालमा ल्याईंदै छ। धनुषा प्रहरी हिरासतमा रहेका सिरोहिया पाँच दिनदेखि अस्पतालमा छन्।
हिरासतमै रहेका बेला बिरामी परेपछि उनी जेठ ११ गते जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएका थिए। सिरोहियामा उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइको सकस्या बढेपछि काठमाडौं ल्याउन लागिएको हो।
प्रकाशित मिति: १५:२० बजे, मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












