Kathmandu Press

सहकारी छानविनको सहमतिलाई कांग्रेस संसदीय दलले गर्‍यो अनुमोदन

सहकारी ठगीका बिषयमा छानबिन गर्न बन्ने संसदीय समिति बनाउने सहमतिलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलले अनुमोदन गरेको छ।
सहकारी छानविनको सहमतिलाई कांग्रेस संसदीय दलले गर्‍यो अनुमोदन
Hardik ivf

काठमाडौं, जेठ १५ : सहकारी ठगीका बिषयमा छानबिन गर्न बन्ने संसदीय समिति बनाउने सहमतिलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलले अनुमोदन गरेको छ।

अहिले कार्यदल बैठकले शीर्ष तहमा भएको सहमति अनुसार कार्यादेशलाई अन्तिम रुप दिने तयारी भइरहेको छ। सोमबार प्रमुख दलहरुबीच सहमती बनेको थियो।

सहमति अनुमोदन भएपछि आजै बस्ने संसद बैठकले कार्यादेशसहित संसदीय समिति बनाउने तयारी समेत भएको छ।

प्रकाशित मिति: १२:२४ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्