Kathmandu Press

बजेट भाषण ३ बजे हुने

यसअघि १ बजे संघीय संसदमा अर्थमन्त्री वर्षमान पुनले बजेट भनिएको थियो। तर, मन्त्रिपरिषद् बैठक २ घण्टापछि सरेपछि बजेट भाषणको समय पनि सरेको हो।
बजेट भाषण ३ बजे हुने

काठमाडौं, जेठ १५ : आगामी आर्थिक वर्षको बजेट भाषण संघीय संसदमा दिउँसो ३ बजे हुने भएको छ।

वार्षिक बजेट प्रस्तुत गर्न आज दिउँसो १ संसद्को बैठक बस्ने कार्यक्रम थियो। तर राजनीतिक कारणले २ घण्टा पर सरेको छ।

Hardik ivf

संसद सचिवालबाट बसचिवालयका अनुसार सरकारको अनुरोधमा बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित सङ्घीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागि तोकिएको हो।

तर, मन्त्रिपरिषद् बैठक २ घण्टापछि सरेपछि बजेट भाषणको समय पनि सरेको हो। मन्त्रिपरिषद् बैठक दिउँसो १ बजे बस्ने बताइएको छ।

यसअघि सभामुख देवराज घिमिरेले संयुक्त सदनको बैठक दिउँसो १ बजेका लागि निर्धारण गरेका थिए । आज बस्ने संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची छ।

प्रकाशित मिति: ११:५७ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्