Kathmandu Press

‘बालेनलाई आदर्श बनाएर समाज अघि बढ्दैन’

बालेन जस्ताको हातमा समाज जाने, अनि हामीले सुशासन र समृद्धिको कुरा गरेर हामीले समाजलाई नेतृत्व गर्न नसकिने उनले बताए।
‘बालेनलाई आदर्श बनाएर समाज अघि बढ्दैन’

काठमाडौं, जेठ १४ : एमाले महासचिव शंकर पोखरेलले वर्तमान समाजको आदर्श काठमाडौंको मेयरलाई बनाएर समाज अगाडि नबढ्ने बताएका छन्।

काठमाडौंमा सोमबार आयोजित अन्तरक्रियामा उनले आफ्नो माग राख्नका लागि सफा राख्नुपर्ने सहर आफैं फोहोर गर्दै हिँडेको भन्दै समाज यस्तोको हातमा दिएर सुशासन र समृद्धिको कुरा सम्भव नभएको बताए।

Hardik ivf

‘हाम्रो समाजको आइकन हामी कसलाई बनाउन खोज्दैछौ भनेर भन्दा काठमाडौंको मेयरलाई, जसले आफ्नो माग राख्नको लागि काठमाडौंका कार्यालयमा लगेर धुलो फ्याँक्छ,’ उनले भने, ‘हाम्रो आदर्श अब समाज कसरी निर्माण गर्ने भन्दा आफूले सफा राख्नु पर्ने सहरहरु आफंै फोहोर गर्दै हिँड्ने । सिंहदरबारको फोहोर उठ्दैन्, कहिले मन्त्री क्वाटरमा लगेर फोहोर राख्न र हाम्रो आदर्श पनि त्यही बन्दैछ।’

बालेन जस्ताको हातमा समाज जाने, अनि हामीले सुशासन र समृद्धिको कुरा गरेर हामीले समाजलाई नेतृत्व गर्न नसकिने उनले बताए।

यस्तै, उनले पछिल्लो समय सामाजिक सञ्जालले निर्माण गरेको मुखहरु सुशासन, विकास र सपनाको अवसान गर्ने एउटा बाटो मात्र भएको बताए।

उनले नेपाली समाजको आजको समस्या हल गर्न राज्यलाई बलियो बनाउनुपर्ने भन्दै बलियो राज्यले मात्र जनताको जीवन समृद्धि बनाउने सक्ने बताए।

‘हामीले जनता र राज्यलाई जोड्नु पर्छ। राज्य बलियो भयो भने मात्र जनता सुरक्षित र संरक्षित हुन्छन् र जनताको जीवनमा समृद्धि सम्भव हुन्छ । कमजोर राज्यले जनतालाई कहिले पनि सुख, समृद्धि दिन सक्दैन,’ उलने भने, ‘त्यसकारण नेपाली समाजको आजको समस्या हल गर्ने हो भने राज्यलाई बलियो बनाउनु पर्छ, त्यसपछि मात्र नागरिकहरु सुरक्षित हुन्छन्। हामीले यसको आधारमा सोच्नु पर्छ।

प्रकाशित मिति: २०:४५ बजे, सोमबार, जेठ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्