Kathmandu Press

‘सिरोहियामाथि छानबिन हुनै हुन्न भनेका छैनौं, पक्राउ गर्ने तरिका गलत भयो’

‘हामीले सिरोहियामाथि छानबिन हुनुहुन्न भनेका छैनौं। सिरोहियाले गल्ती गरेका छैनन् भनेका छैनौं,’ उनले भने, ‘त्यो त अब न्यायिक निरूपणको विषय भइसक्यो। त्यो न्यायिक निरूपण हुने नै छ। तर, राज्यसत्ताको त्यसप्रकारको दुरुपयोग चाहिँ उचित हुन्न, कानुन सबैलाई बराबर लाग्नुपर्छ।’
‘सिरोहियामाथि छानबिन हुनै हुन्न भनेका छैनौं, पक्राउ गर्ने तरिका गलत भयो’

काठमाडौं, जेठ १४ : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई छानबिन हुनै हुन्न भनेर नभएको बताएका छन्।

पार्टी केन्द्रीय समितिको निर्णय सोमबार सार्वजनिक गर्दै उनले आफूहरुले पक्राउ गर्ने तरिका मात्र गलत भएको भनेको बताएका छन्।

Hardik ivf

‘कैलाश सिरोहियालाई जुन समयमा, जुन ढंगबाट पक्राउ गरियो त्यो ठिक भएन भन्ने हाम्रो धारणा छ। एउटा व्यक्तिलाई पुर्जी काटेर बोलाउँदा पनि हुन्थ्यो तथा थोरै प्रहरी पठाएर लाँदा पनि हुन्थ्यो भनेको हो । तर, जुन आतंक सिर्जना गरियो त्यो उचित छैन मात्र भनेका हौं,’ उनले भने।

सिरोहियालाई पक्राउ गर्न राज्यसत्ताको दुरुपयोग हुनु उचित नभएको भन्दै कानुन सबैलाई बराबर हुनुपर्ने बताए। अध्यक्ष लिङ्देनले उनले सिरोहियाले गल्ती गरेका छैनन भनेर पनि आफूहरुले नभनेको बताएका छन्।

‘हामीले सिरोहियामाथि छानबिन हुनुहुन्न भनेका छैनौं। सिरोहियाले गल्ती गरेका छैनन् भनेका छैनौं,’ उनले भने, ‘त्यो त अब न्यायिक निरूपणको विषय भइसक्यो। त्यो न्यायिक निरूपण हुने नै छ। तर, राज्यसत्ताको त्यसप्रकारको दुरुपयोग चाहिँ उचित हुन्न, कानुन सबैलाई बराबर लाग्नुपर्छ।’

प्रकाशित मिति: १९:४६ बजे, सोमबार, जेठ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्