Kathmandu Press

सिरोहियालाई अदालतले दियो तीन दिन थुनामा राख्न अनुमति

न्यायाधीश यदुराज शर्माको इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै थुनामा राख्न लगिएको छ।
सिरोहियालाई अदालतले दियो तीन दिन थुनामा राख्न अनुमति

जनकपुरधाम, जेठ १४ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

न्यायाधीश यदुराज शर्माको इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै थुनामा राख्न लगिएको छ।

Hardik ivf

सिरोहिया उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि सिरोहिया तीन दिनदेखि काव्या अस्पतालमा भर्ना भइ उपचाररत छन् । सिरोहियाको हिरासत अवधि थप्ने वा नथप्ने भन्ने विषयमा कानुनव्यवसायीको वहस सकिएपछि तेस्रो पटक म्याद थपिएको हो।

धनुषा प्रहरीले भने सिरोहियालाई थुनामा राख्न थप ५ दिनको म्याद माग गरेको थियो। गत शुक्रबार तीन दिनका लागि थप भएको थियो। उक्त म्याद आइतबार सकिएपछि प्रहरीले पुनः थुना म्यादको माग गरिएको हो।

सिरोहियालाई दोहोरो नागरिकता कसुरमा गत मंगलबार पक्राउ गरिएको थियो।

प्रकाशित मिति: १९:४१ बजे, सोमबार, जेठ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्