संसदीय छानबिन समितिमा सहमति खोज्न बालुवाटारमा प्रधानमन्त्री र कांग्रेस नेताहरू छलफलमा
सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति हुनुपर्ने मागबाट कांग्रेस पछि नहटेपछि पुनः सहमतिको गृहकार्यका लागि छलफल शुरु भएको हो।
काठमाडौं, जेठ १४ : सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन मागसहित संसद र सडकमा विरोधमा उत्रेको कांग्रेसको मागबारे छलफल गर्न शीर्ष नेताहरू पुनः छलफलका लागि बालुवाटारमा जुटेका छन्।
बिहान सत्ता पक्ष र प्रतिपक्षीका नेताहरूबीच छलफल भए पनि सहमति जुट्न सकेको थिएन ।
सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति हुनुपर्ने मागबाट कांग्रेस पछि नहटेपछि पुनः सहमतिको गृहकार्यका लागि छलफल शुरु भएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन कुमार थापा, नेता कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक अहिले प्रधानमन्त्रीसहितका नेताहरूसँग छलफलमा छन् ।
प्रकाशित मिति: १९:०७ बजे, सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार