Kathmandu Press

गिरिबन्धु टि–स्टेट घोटलाको छानविन गर्न राप्रपाको माग

‘गिरीबन्धु टि–स्टेटको जग्गा प्रकरणमा ठुलो धनराशिको अपचलन भएका समाचार आइरहेका छन्। यस प्रकारको नीतिगत निर्णयको आवरण र कानुन नै परिवर्तन गरी हुने भ्रष्टाचारजन्य क्रियाकलाप छानबिनको दायरामा ल्याउन राप्रपाले माग गर्ने निर्णय गरेको छ’, अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
गिरिबन्धु टि–स्टेट घोटलाको छानविन गर्न राप्रपाको माग

काठमाडौं, जेठ १४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गिरीबन्धु टि–स्टेट घोटालाको छानबिन गर्न सरकारसँग माग गरेको छ।

सोमबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै अध्यक्ष राजेनद्र लिङ्देनले यस्तो माग गरे। उनले नीतिगत निणर्यको आवराणमा कानुन नै परिवर्तन गरेर हुने भ्रष्टाचारको छाविनन गर्न माग गरेका छन्।

Hardik ivf

‘गिरीबन्धु टि–स्टेटको जग्गा प्रकरणमा ठुलो धनराशिको अपचलन भएका समाचार आइरहेका छन्। यस प्रकारको नीतिगत निर्णयको आवरण र कानुन नै परिवर्तन गरी हुने भ्रष्टाचारजन्य क्रियाकलाप छानबिनको दायरामा ल्याउन राप्रपाले माग गर्ने निर्णय गरेको छ’, अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

गिरिबन्धु टि इस्टेटको २४३ विघा भन्दा बढी जग्गा सट्टापट्टा गर्न ओली नेतृत्वको सरकारका पालामा बनेको कानुनलाई खारेज गरेको सर्वोच्च अदालतले त्यो निर्णयलाई नीतिगत भ्रष्टाचार भनेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि गिरिबन्धु टि–स्टेट प्रकरणको छानविन गर्न माग गर्दै आएको छ।

प्रकाशित मिति: १८:३७ बजे, सोमबार, जेठ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्