Kathmandu Press

थुना म्यादका लागि सिरोहियालाई एम्बुलेन्समा राखेर अदालत लगियो

सिरोहियाको हिरासत अवधि थप्ने वा नथप्ने भन्ने विषयमा अहिले धनुषा अदालतका न्यायाधीश न्यायाधीश यदुराज शर्माको इजलासमा कानुनव्यवसायीले बहस गरिरहेका छन्।
थुना म्यादका लागि सिरोहियालाई एम्बुलेन्समा राखेर अदालत लगियो

जनकपुरधाम, जेठ १४ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थुना म्याद थपका लागि एम्बुलेन्समा धनुषा जिल्ला अदालत लगिएको छ।

सिरोहियाको हिरासत अवधि थप्ने वा नथप्ने भन्ने विषयमा अहिले धनुषा अदालतका न्यायाधीश न्यायाधीश यदुराज शर्माको इजलासमा कानुनव्यवसायीले बहस गरिरहेका छन्।

Hardik ivf

तेस्रो पटक म्याद थपका लागि उनलाई धनुषा अदालत लगिएको हो। प्रहरीले सिरोहियालाई थुनामा राख्न थप ५ दिनको म्याद दिन अदालतसमक्ष माग गरेको छ।

गत शुक्रबार तीन दिनका लागि थप भएको म्याद आइतबार सकिएपछि प्रहरीले पुनः थुना म्यादको माग गरेको छ। सिरोहियालाई दोहोरो नागरिकता कसुरमा गत मंगलबार पक्राउ गरिएको थियो।

प्रकाशित मिति: १७:४० बजे, सोमबार, जेठ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्