Kathmandu Press

‘पशु अस्पताललाई प्रभावकारी बनाउन सरकार प्रतिबद्धता छ’

उनले पशुपन्छीको उपचार र कृषकको पशुधन सुरक्षाका लागि नवनिर्मित अस्पताल महत्वपूर्ण हुने बताए।
‘पशु अस्पताललाई प्रभावकारी बनाउन सरकार प्रतिबद्धता छ’

कास्की, जेठ १४ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।

पोखरा महानगरपालिका–१२ मा पशुपन्छीको उपचारका लागि निर्मित ‘मोडेल भेटेरिनरी अस्पताल’को उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले आवश्यक स्रोतसाधन र जनशक्ति थप गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।

Hardik ivf

उनले पशुपन्छीको उपचार र कृषकको पशुधन सुरक्षाका लागि नवनिर्मित अस्पताल महत्वपूर्ण हुने बताए। हाल रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा भवन निर्माण गरिएको हो।

कास्कीका साथै आसपासका जिल्लाका किसानलाई पशु उपचार गर्न तथा आवश्यक परामर्शसम्बन्धी सहजरुपमा सेवा दिने उद्देश्यले अस्पताल निर्माण गरिएको केन्द्रका प्रमुख शम्भुराज पाण्डेले बताए।

उनका अनुसार भवन प्रदेश सरकारको छ करोड ४४ लाख २० हजार सात सय ७२ लगानीमा बनेको हो। सुविधासम्पन्न साढे दुई तलाको अस्पताल निर्माणका लागि  सिद्धबाबा÷फुल्जोर जेभी स्याङ्जासँग ठेक्का सम्झौता गरिएको थियो।

प्रकाशित मिति: १७:४६ बजे, सोमबार, जेठ १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्