Kathmandu Press

कोरोना कहर :  जब मुस्लिमले ‘राम नाम सत्य हो’ भन्दै गरे हिन्दुको दाहसंस्कार

काठमाडौं, चैत १८ः विश्वभरका मानिस अहिले कोरोनाको सन्त्रासमा छन्। यतिसम्मकी यो बेला कसैको निधन भयो भने मलामी नपाउने अवस्था छ। यस्तै घटना शनिबार भारतको ....

कोरोना कहर :  जब मुस्लिमले ‘राम नाम सत्य हो’ भन्दै गरे हिन्दुको दाहसंस्कार

काठमाडौं, चैत १८ः विश्वभरका मानिस अहिले कोरोनाको सन्त्रासमा छन्। यतिसम्मकी यो बेला कसैको निधन भयो भने मलामी नपाउने अवस्था छ। यस्तै घटना शनिबार भारतको उत्तर प्रदेशको बुलन्द शहर जिल्लाको आनन्द विहारमा घट्यो। रविशंकर नामका एक व्यक्तिको शनिबार निधन भयो। 

उनका छोरा सोनु र प्रमोदले बुवाको अन्त्ष्टीका लागि छरछिमेकी, साथी भाइ र आफन्त गुहारे। तर, कोरोनाको डरका कारण उनीहरुको हारगुहार कसैले सुनेन्। रविशंकरले चार जना मलामीसमेत नपाउने अवस्था आयो। तर, सँधै हिन्दु–मुस्लिम टकराव हुने भारतमा त्यो दिन भने अनौंठो दृश्य देखियो। 

आफन्त र छरछिमेकीसमेत मलामी जान नमानिरहेको अवस्थामा नजिकैको मुस्लिम बस्तीबाट केही मानिस रविशंकरको घरमा आए। हिन्दु परम्परा अनुसार कसैको निधन भएमा नदी वा खोला किनारमा लगेर अन्त्यष्टी गरिन्छ।

ती मुस्लिम मलामीले सोनु र प्रमोदको आँशु मात्रै पुछेनन्। रवीशंकरको शव बाने र घाट लिएर गए। त्यती मात्रै होइन्, उनीहरुले हिन्दुहरुले जस्तै ‘राम, नाम सत्य हो’ जप्दै रविशंकरको शव घाटमा पुर्‍याए। र अन्त्येष्टी गरेर घर फर्किए। जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। हिन्दु र मुस्लिमको त्यो अनौठो मिलन अहिले चर्चाको शिखरमा छ। 

कोरोना भाइरस शवबाट सर्छ की सर्दैन? अहिलेसम्म एकिन भएको छैन। तर, मानिसहरुमा शवबाट कोरोना सर्ने त्रास छ। तर, ती मुस्लिम मलामीहरुले भने धर्म र जात भन्दा माथि उठेर मानवियता देखाएको भन्दै प्रशंसा बटुलीरहेका छन्।

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, चैत १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्