Kathmandu Press

पत्रकार महासंघमा समाजवादी प्रेस संगठनको तालावन्दी

जेठ ८ गते कार्यदलले टुङ्गो लगाएका नाममा रातारात हेरफेर गर्दै विभिन्न जिल्ला शाखा र प्रदेशबाट सिफारिस नै नभएका नाम हाल्ने काम भएको भनाई संगठनका अध्यक्ष विश्वमणि सुवेदीको छ।
पत्रकार महासंघमा समाजवादी प्रेस संगठनको तालावन्दी

काठमाडौं, जेठ १४ : समाजवादी प्रेस संगठन, नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा सोमबार तालाबन्दी गरेको छ।

संगठनले निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा गैरपत्रकारका नाम थपिएको कारण दर्शाउँदै महासंघमा तालाबन्दी गरेको हो।

Hardik ivf

गैरपत्रकारको नाम थपेर निर्वाचन समितिलाई बुझाउने तयारी भइरहेको दाबी उक्त संगठनको छ। जेठ ८ गते कार्यदलले टुङ्गो लगाएका नाममा रातारात हेरफेर गर्दै विभिन्न जिल्ला शाखा र प्रदेशबाट सिफारिस नै नभएका नाम हाल्ने काम भएको भनाई संगठनका अध्यक्ष विश्वमणि सुवेदीको छ।

समाजवादी संगठनका सदस्यको नाम हटाउँदै षड्यन्त्रपूवर्क प्रेस चौतारीको नाम हाल्ने काम भएको आरोप उक्त संगठनको आरोप छ। पत्रकारिता पेसामै रहेका थुप्रै मधेसी, महिला, दलित, जनजातिसहित नाम पनि हठात् हटाइएको पनि संगठनले जनाएको छ।

यसअघि नेपाल प्रेश युनियनले पनि सदस्यता शुद्धिकरणको प्रश्न उठाउँदै पत्रकार महासंघमा तालावन्दी गरिदिएको थियो।

प्रकाशित मिति: १५:३४ बजे, सोमबार, जेठ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्