Kathmandu Press

गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

लामिछाने सहकारीको रकम हिनामिनामा जोडिएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका हुन्। रिटको पेशी जेठ १६ गतेलाई तोकिएको छ।
गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं, जेठ १४ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। यसअघि उक्त रिट दरपिठ भएको थियो।

लामिछाने सहकारीको रकम हिनामिनामा जोडिएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका हुन्। रिटको पेशी जेठ १६ गतेलाई तोकिएको छ।

Hardik ivf

भट्टराईले गृहमन्त्रीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग पनि गरेका छन्।

पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पदबाट हटाउनुपर्ने निवेदकको माग छ।

प्रकाशित मिति: १४:४३ बजे, सोमबार, जेठ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्