Kathmandu Press

‘सेभ द न्युरोड’ भन्दै स्थानीय आन्दोलित

उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ न्यूरोड साँघुरो गर्न मिल्दैँन्, नयाँ सडक बचाउ भन्दै कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरे।
‘सेभ द न्युरोड’ भन्दै स्थानीय आन्दोलित

काठमाडौं, जेठ १४ : यूरोड क्षेत्रको सडक साँघुरो गरेर फुटपाथ बढाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन्।

सोमबार महानगरपालिकाको सडक साँघुरो बनाउने काम राम्रो नभएको भन्दै  न्यूरोडबासीले आन्दोलन गरेका हुन्।

Hardik ivf

उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ न्यूरोड साँघुरो गर्न मिल्दैँन्, नयाँ सडक बचाउ भन्दै कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरे।

आन्दोलनमा सहभागी स्थानीय सुवोदमान श्रेष्ठले काठमाडौं महानगरका मेयर वालेन्द्र शाह(बालेन)को यो कदम ठिक नभएको बताए। उनले साथ दिनुपर्ने ठाउँमा दिने हो तर स्थानीयहरुको इच्छा र भावना विपरितको कार्यमा महानगर अघि बढेकाले विरोध गरेको जानकारी दिए।

‘सडकलाई सांघुरो बनाउने हो भने त्यसको परिणाम कस्तो हुन्छ भनेर हामीले देखाउन खोजेका हौं । मापदण्ड अनुसार हेर्दा पनि न्यूरोडको बाटो भनेको गाडी गुड्ने बाटो हो । यो काठमाडौंको मात्र होइन । नेपालको नै सबैभन्दा पहिले गाडी गुड्ने बाटो हो,’ उनले भने।

महानगरले न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक क्षेत्रको दुवैतर्फ काटेर फुटपाथ बढाउन लागिएको छ।

तीन लेनको उक्त सडक बिनाप्राविधिक जाँच काटिएपछि सडक डिभिजन कार्यालय काठमाडौंले डोजरसहितका मेशिन नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: १३:२९ बजे, सोमबार, जेठ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्