Kathmandu Press

कोलकाताले चुम्यो तेस्रो पटक आइपिएलको उपाधि

आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । कोलकाताको यो तेस्रो उपाधि हो ।
कोलकाताले चुम्यो तेस्रो पटक आइपिएलको उपाधि

काठमाडौं, जेठ १४ : सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । कोलकाताको यो तेस्रो उपाधि हो ।

Hardik ivf

पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो । त्यसभन्दा अगाडि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलो पटक आईपीएल उपाधि जितेको थियो ।

तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्‍यो। कोलकाता वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। २६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

रहमान उल्लाह गुरबाज ३९ र सुनील नारायण ६ रनमा आउट हुँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहे। हैदरावादका प्याट कमिन्स र शाहबाज अहमदले १÷१ विकेट लिए । त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको हैदरावादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।

हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । एडन मारक्रम २०, हाइनरिक क्लासन १६ र नितीशकुमार रेड्डी १३ रनमा आउट भए। आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए । २.३ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए ।

मिचल स्टार्क र हर्षित राणाले २÷२ विकेट लिए । यस्तै, वैभव अरोडा, सुनील नारायण र वरुण चक्रवर्तीको नाममा १/१ विकेट लिए । 
 

प्रकाशित मिति: ०८:११ बजे, सोमबार, जेठ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्