Kathmandu Press

कांग्रेसले भन्यो- संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न 

काठमाडौं, चैत १८ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटका बेला भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर....

कांग्रेसले भन्यो- संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न 

काठमाडौं, चैत १८ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटका बेला भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै अख्तियारको ध्यानाकर्षण गराएका छन्।

कोरोना भाइरसँग लड्न सरकारले चीनमा खरिद गरेका स्वास्थ्य सामाग्रीमा अनियमितता भएका समाचार सार्वजनिक भइरहेका बेला शर्माले अख्यितारको ध्यानाकर्षण गराएका हुन्। उनले संकटको बेला सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व भएको भन्दै दल र नागरिकले साथ दिइरहँदा अनियमितता नोटिसमा लिनु अख्तियारको दायित्व भएको बताएका छन्।

‘अख्तियारलाई स्मृति पत्र ! संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व। साथ दिइरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण,’ उनले ट्वीटमा भनेका छन्, ‘अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं, ‘तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न!’

प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, चैत १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्