Kathmandu Press

कोरानाविरुद्ध लड्न न्यूयोर्कमा पठाइयो हजार बेडको शिप हस्पिटल  

काठमाडौं, चैत १८ः कोरोना भाइरसको सक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ। जोन्स होपकिन्स यूनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहि....

कोरानाविरुद्ध लड्न न्यूयोर्कमा पठाइयो हजार बेडको शिप हस्पिटल  

काठमाडौं, चैत १८ः कोरोना भाइरसको सक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ। जोन्स होपकिन्स यूनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म तीन हजार आठ मानिसको मृत्यु भएको पुष्टी भएको छ।

कोरोनाबाट सबैभन्दा धेरै मानिसको ज्यान न्यूयोर्क सिटीमा गएको छ। न्यूयोर्कमा ९१४ जनाको मृत्यु भएको छ।

न्यूयोर्क सिटीका मेयर बिल डे ब्लासियोले केन्द्रीय सरकारको तयारी र कोरोना रोकथामबारेमा गरिएको प्रयासका बारेमा प्रश्न उठाउँदै आएका छन्। मार्च २३ मा उनले न्यूर्योकमा कोरोना भाइसको संक्रमण खतरनाक भइरहेको भन्दै १० दिन भित्र मेडिकल सामान अभाव हुन सक्ने चेतावनी दिएका थिए।  

न्यूर्योकमा कोरोना भाइरसको खतरा बढेपछि अमेरिकी नौ सेनाको एक हस्पिटल शिप ‘द कन्फर्ट’ पठाइएको छ। यो शिप भर्जिनियाको नोरफोल्क नेवी बेशबाट न्यूयोर्कका लागि हिँडेको छ। यो शिप न्यूर्योकसम्म पुग्न आठ दिन लाग्ने बताइएको छ। यो शिपमा १२ कोठा छन्। जहाँ आधुनिक स्वास्थ्य उपकरण उपलब्ध छन्। यसका साथै शिपमा एक हजार भन्दा बढी बेडको व्यवस्था छ।  

न्यूयोर्कका मेयरले भनेका छन्, ‘यसको मतलब चाँडै सहयोग आउनेछ। त्यसपछि हामीलाई मानिसको जीवन बचाउन सहयोग पुग्ने छ।’

सीएनएनका अनुसार यो शिपमा कोरोना भाइरसका संक्रमितको उपचार गरिँदैन। तर यसको उपयोग ती मानिसको उपचार गर्न गरिनेछ, जो कोरोना भाइरससँग होइन अन्य रोगसँग लडिरहेका छन्।

न्यूयोर्क सिटी अमेरिकाको सबैभन्दा धेरै प्रभावित इलकामा पर्छ। कोरोना भाइरस अमेरिकामा यही गतीमा फैलिएमा त्यहाँ अहिलेको क्षमता भन्दा तीन गुना अस्पताल बेडको आवश्यक पर्ने आशंका गरिएको छ। 

सिपमा के छ?

–शिपमा एक हजार भन्दा धेरै हस्पिटल बेडको व्यवस्था  
– १२ अपरेटिङ रुम 
– ८० इन्टेशिभ केयर युनिट्स 
–एक फार्मेसी  
–एक मेडिकल लेबोरेटरी  
–यो शिपमा कुनै पनि कोरोना संक्रमित बिरामीको उपचार गरिँदैन 
–शिपमा करिब ११ सय मेडिकल स्टाफ रहनेछन्
–यहाँ २४ घण्टा स्वास्थय सुविधा उपलब्ध हुनेछ 

कस्तो छ अमेरिकाको हालत?

अमेरिकी सरकारमा संक्रामक बिरामीका विशेषज्ञ रहेका डा. एन्थोनी फाउचीले पहिलै चेतावनी दिएका छन् की अमेरिकामा कोरोना भाइरसबाट एक देखि दुई लाख मानिसको ज्यान जान सक्छ। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइसरको संक्रमणबाट बच्नका लागि सामाजिक दुरीको नियमको समय सिमा ३० अप्रिलसम्म बढाइदिएका छन्। ट्रम्पले  अमेरिकामा कोरोना भाइरसबाट हुने मृतकको संख्या एक लाखमा रोक्न सकिएपनि ठूलो उपलब्धी हुने बताएका छन्।

अमेरिकामा अहिले संसारकै सबैभन्दा धेरै कोरोना संक्रमित मानिस छन्। अमेरिकामा अहिले एक लाख ६३ हजार भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ।

प्रकाशित मिति: १३:३६ बजे, मंगलबार, चैत १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्