Kathmandu Press

लकडाउनमा रमाउँदै बलिउड क्वीन कंगना

काठमाडौं, चैत १८ : लकडाउनमा चिन्ता गरेर मात्रै हैन, केहि अवसरको रुपमा लिन सकिन्छ। जस्तो बलिउड क्वीन कंगना रनौटले गरिरहेकी छन्।

लकडाउन अघिको ....

लकडाउनमा रमाउँदै बलिउड क्वीन कंगना

काठमाडौं, चैत १८ : लकडाउनमा चिन्ता गरेर मात्रै हैन, केहि अवसरको रुपमा लिन सकिन्छ। जस्तो बलिउड क्वीन कंगना रनौटले गरिरहेकी छन्।

लकडाउन अघिको प्रायः सबै दैनिकी फरक थियो। व्यस्थताले गर्दा चाहेर पनि कतिपय काम गर्न समय जुटाउन सकिरहेका हुँदैनौ। कंगनालाई पनि त्यस्तै थियो। सामाजिक सञ्जाल समेत नचलाउने उनकाे दैनिकी कस्ताे हाेला?

कोरोना भाइरसका कारण भारत लकडाउन गरिएपछि उनी आफ्नो घर हिमाचल पुगेकी छन्। जहाँ लकडाउन पालना त गरिरहेकी छन नै रमाइरहेकी पनि छन्।

Hardik ivf

किताब पढ्न खुब रुचाउने कंगना अहिले पुस्तकमा घोत्लिरहेकी छन्। बिहान र बेलुकी योग र साधना नबिराई गरिरहेको उनी बताउँछिन्। लकडाउनको समयमा व्रत बसिरहेकी उनी अहिले ध्यान गर्न आफूलाई समय मिलेको बताएकी छिन्।

एक्लो हुँदा के गछिर्न्? ‘एक्लो हुँदा धेरै जसो समय मेडिटेसन र योगमा बिताउँछु,’ कंगना थप्छिन्, ‘कुनै साथ आवश्यक प¥यो भने पुस्तकको सहारा लिन्छु।’

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बच्न भारतले पनि लकडाउनको सहारा लिएको छ। यसले सबैलाई असर परेकामो उनी चिन्तित छिन्। ‘अहिले जो घरविहीन छन्, आफ्नो घरमा पुग्न सकेका छैनन्। कतिपयलाई खानापिन समस्या परिरहेको छ,’ कंगना भन्छिन्, ‘म घरमा बसिहेको भएपनि उनीहरुको अवस्थाले दुःखी बनाएको छ।’

उनले अहिले आफू सुरक्षित रहनु र अरुलाई पनि सहयोग गर्नुपर्ने समय भएको बताएकी छन्। ‘अहिलेको समय भनेको आफू सुरक्षित रहनु हो। यसको मतलब यो होइन कि हाम्रो छिमेकी र देशमा के भइरहेको भन्नेबारे वास्ता नहुनु भने होइन,’ कंगना भन्छिन्, ‘यस जोखिमको समयमा हामीले हाम्रो छिमेकी कहाँ गएका छन्। उनीहरुले खाएर हातमुख धोएको छन् कि छैन भन्नेबारे ध्यान पनि दिनुपर्छ।’

 

प्रकाशित मिति: १३:११ बजे, मंगलबार, चैत १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्