Kathmandu Press

वीर अस्पतालमा मृत्यु भएकी युवतीको कोरोना परीक्षण नतिजा नेगेटिभ

काठमाडौं, चैत १८ : वीर अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएकी युवतीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ। मंगलबार आएको परीक्षणको नतिजा ने....

वीर अस्पतालमा मृत्यु भएकी युवतीको कोरोना परीक्षण नतिजा नेगेटिभ

काठमाडौं, चैत १८ : वीर अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएकी युवतीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ। मंगलबार आएको परीक्षणको नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ।

चन्द्रगिरी नगरपालिकाकी ३४ वर्षीया महिलालाई ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिएपछि सोमबार बिहान उपचारको लागि वीर अस्पताल लगिएको थियो। बेहोस अवस्थामा अस्पताल लगिएको युवती यही साता भारतबाट आएकी थिइन्। उनको मृत्यु भएपछि कोरोना संक्रमणको आशंकामा परीक्षणको लागि धाँटीको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइएको थियो। 

प्रकाशित मिति: १३:०५ बजे, मंगलबार, चैत १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्