Kathmandu Press

बन्यो पाँच मिनेटमै कोरोना पत्ता लगाउने मेसिन 

काठमाडौं, चैत १८ : नोवल कोरोना भाइरस परीक्षण गर्ने एक नयाँ उपकरण बनेको छ। यस उपकरणबाट कोभिड–१९ को परीक्षण गर्न अन्य फ्लू परीक्षण गरे जस्तो सहज ह....

बन्यो पाँच मिनेटमै कोरोना पत्ता लगाउने मेसिन 

काठमाडौं, चैत १८ : नोवल कोरोना भाइरस परीक्षण गर्ने एक नयाँ उपकरण बनेको छ। यस उपकरणबाट कोभिड–१९ को परीक्षण गर्न अन्य फ्लू परीक्षण गरे जस्तो सहज हुनेछ। 

नयाँ परिक्षण मेसिनलाई अमेरिकाको खाद्य तथा औषधि प्रशासनले आपतकालिनरुपमा प्रयोग गर्न अनुमति दिएको छ। निर्माता कम्पनी एफडीएका अनुसार यो मेसिनले पाँच मिनेटमा कोरोना पत्ता लगाउँछ।

यसको परीक्षण मेडिकल डिभाइस कम्पनी एबोटबाट हुन्छ। उक्त कम्पनीले कोरोना परीक्षण गर्ने मेसिन चाँडै अस्पतालमा उपलब्ध हुने बताएको छ।

एबीसी न्यूजको एक कार्यक्रममा एबोटका अनुसन्धान तथा विकासका उपाध्यक्ष जोन फ्रेल्सले भनेका छन्, ‘यो अहिलेसम्मको सबैभन्दा छिटो परीक्षण गर्न सक्ने मेसिन हो। यस मेसिनले पाँच मिनेटमा पोजेटिभ र १३ मिनेटमा नेगेटिभ रिपोर्ट दिन सक्छ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस मेसिनलाई एक नयाँ ‘बलगेम’ भनेका छन्। हालै एक ट्वीटमा एफडिएका पूर्व कमिस्नर स्कट गोटलिबले समेत यसलाई गेमचेन्जर भनेका छन्। 

यो मेसिन कम्पनीको आइडी नाउ प्लाटमर्फबाट सञ्चालन हुनेछ। जुन एक सानो टोस्टरको आकार र हल्का पोर्टेबल मेसिन हो। 

यो मेसिन अमेरिकामा आज भन्दा पहिले नै आणविक केन्द्रको हेरचाह र फ्लू टेस्टका लागि प्रयोग गरिने गरिन्छ। 

यो मेसिनले एक पटकमा एक नमुना परिक्षण गर्न सक्नेछ। बिरामीको नाक वा घाँटीको स्वाव लिइने छ र स्वावलाई एक रासायनिक सोलुसनमा मिलाइनेछ। जसले भाइरसको जेनेटिक मेटेरियलमा परिणत गर्छ। यसपछि नमूनालाई आइडी नाउ एन्ट्रमेन्टमा राखिन्छ। त्यसपछि भाइसर पोजेटिभ वा नेगेटिभ पत्ता लाग्छ।
 

प्रकाशित मिति: १२:२० बजे, मंगलबार, चैत १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्