Kathmandu Press

लकडाउनमा कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित

काठमाडौं, चैत १८ : नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र....

लकडाउनमा कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित

काठमाडौं, चैत १८ : नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन्।

सप्तरीको बलान बिहुल गाउँपालिका–३ का दुई युवकलाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका हुन्।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि खटिरहेको सशस्त्र प्रहरी बल देश र देशवासीको सुरक्षाका लागि खटिरहेको बताउँदै सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले आरोपित चौधरीलाई तत्काल निलम्बन गरिएको बताए। आदेशविपरीत सर्वसाधारणलाई कुटेको आरोपमा चौधरीलाई निलम्बन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ।

लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई बलान बिहुल गाउँपालिकास्थित दजशगजा क्षेत्रमा फेला पारी सशस्त्र प्रहरी हबल्दार चौधरीले कुटपिट गरेका थिए। लकडाउन उल्लंघन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल मुख्यालयले पनि छानबिन सुरु गरेको छ।

यस अघि सर्बसाधारणलाई कुटपिट गर्ने प्रहरीमाथि पनि नेपाल प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो। ग्यासको सिलिन्डर बोकाएर उभ्याउने प्रहरीमाथि छानविन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:०६ बजे, मंगलबार, चैत १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्