मैदानमा पानीका बोतल हुर्याउने दर्शकलाई स्टेडियमबाट अनिश्चितकालिन प्रतिबन्ध
काठमाडौं, जेठ १०ः आफ्नो टिमले हारेको झोंकमा रन्थनिएर अभद्र व्यवहार प्रदर्शन गर्ने एक दर्शकलाई मैदानमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ।
दक्षिण कोरियाली फुटबल क्लब इन्चियोन युनाइटेडको हार सहन नसकेर मैदानमा पानीको बोतल फ्याँकेका १२४ जना दर्शकलाई आगामी घरेलु खेलमा उपस्थित हुन प्रतिबन्ध लगाएको हो।
ती खेल प्रशंसकहरूले मे ११ मा राजधानीको पश्चिमको इन्चेनको फुटबल स्टेडियममा एफसी सियोलसँग इन्चेनले १ का विरुद्ध २ गोलअन्तरले पराजित भएपछि पानीका बोतल मैदानभित्र हुर्याएको स्वीकार गरेका थिए। ती दर्शकलाई इन्चेनको घरेलु खेलहरूमा अनिश्चितकालका लागि आउन प्रतिबन्ध लगाइने निर्णय भएको छ। तर उनीहरूले १०० घण्टा समूदायका हीतमा स्वयंसेवकको काम गरेमा उनीहरूलाई क्षमा दिन पनि सकिने क्लबले बताएको छ।
मे ११ मा एफसी सियोलका कप्तान की सुङ–युङलाई बोतलले प्रहार गरिएको थियो। दुवै क्लबका खेलाडीहरूले क्रोधित प्रशंसकहरूलाई रोक्नको लागि व्यर्थ प्रयास गरेका थिए। कोरिया प्रोफेशनल फुटबल लिगले पछि इन्चेनलाई २० मिलियन वोन (१४,६६० डलर) जरिवाना पनि लगाएको छ र टोलीलाई पाँच घरेलु खेलका लागि आफ्ना समर्थकहरूको प्रवेश बन्द गर्न आदेश दिएको छ।
इन्चेनले मे १३ देखि गत आइतबारसम्म आफ्नो गल्ती स्वीकार गर्न चाहने प्रशंसकहरूले इमेलमार्फत् स्विकारोक्ति सन्देश पठाउन आग्रह गरेको थियो। क्लबले अभद्र व्यवहार गर्ने ती १२४ प्रशंसकहरूबाट लिगले जारी गरेको जरिवाना तिर्न पैसा उठाउने योजना पनि तय गरेको छ।
इन्चेन युनाइटेडले स्वयं–रिपोर्टिङ म्याद पछि समातिएका फ्यानहरू विरुद्ध शुल्क लिने योजना बनाएको हो र उनीहरूको कार्यका कारण क्लबलाई हुने आर्थिक नोक्सानीको लागि क्षतिपूर्ति उनीहरुबाटै असुल गर्न लागेको हो।
विजयी टिम एफसी सियोलका गोलकिपर बेक जोङ–बमलाई आफ्नो टोलीको जितको अत्यधिक खुशी मनाउँदै भीडलाई उक्साएको भन्दै लिगले जितेको ७० लाख जरिवाना गरिएको छ। एफसी सियोलका समर्थकहरूले बेक सजायको योग्य नभएको तर्क गर्दै गोलकिपरलाई जरिवाना तिर्न आफैं पैसा उठाएका थिए।