Kathmandu Press

२०७७ सालका सार्वजनिक बिदा, कहिले कुन बिदा ?

काठमाडौं, चैत्र १८ : गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको सूची सार्वजनिक गरेको छ ।

हालसालै एक राजपत्र प्रकाशन मार्फत २०७७ वैश....

२०७७ सालका सार्वजनिक बिदा, कहिले कुन बिदा ?

काठमाडौं, चैत्र १८ : गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको सूची सार्वजनिक गरेको छ ।

हालसालै एक राजपत्र प्रकाशन मार्फत २०७७ वैशाख १ गतेदेखि २०७७ साल चैत मसान्तसम्म एक वर्षभरि सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरेको हो। यसरी सरकारले दिने पर्व बिदामा नयाँ वर्ष, फागु पूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौलीलगायतका पर्व बिदा दिएको छ। त्यसैगरी महिला कर्मचारीको लागि तीज बिदा दिएको छ ।

Hardik ivf

जात्रा बिदामा गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रामा बिदा दिएको छ जसमा काठमाडौं उपत्यकामा मात्र बिदा हुनेछ । त्यस्तै दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म र तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ ।

यसैगरी छठ पर्व, सोनम ल्होसार, ग्ल्यापो ल्होसार, गौरा पर्व, माघी लगायतका पर्वहरुमा भने सम्बन्धित धर्मालम्बीलाई मात्र बिदा दिने उल्लेख छ । 

प्रकाशित मिति: ०८:२२ बजे, मंगलबार, चैत १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्