Kathmandu Press

भुटानले २१ दिनसम्म मुलुक लकडाउन गर्ने 

काठमाडौं, चैत्र १८ : भुटानले २१ दिनसम्म मुलुक लकडाउन गर्ने भएको छ। सोमबार घोषणा गरिएको २१ दिने लकडाउन मंगलबारबाट लागु हुनेछ।

भुटानका प्रधानम....

भुटानले २१ दिनसम्म मुलुक लकडाउन गर्ने 

काठमाडौं, चैत्र १८ : भुटानले २१ दिनसम्म मुलुक लकडाउन गर्ने भएको छ। सोमबार घोषणा गरिएको २१ दिने लकडाउन मंगलबारबाट लागु हुनेछ।

भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख गरेका हुन् । उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ।

भुपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै  २१ दिने लकडाउन घोषणा गरिएको हो। भुटानमा सोमबारसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।


 

प्रकाशित मिति: ०७:३६ बजे, मंगलबार, चैत १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्